छुट्टाछुट्टै ठाउँबाट जुवातास खेलिरहेको अवस्थामा २२ जना पक्राउ

दियो पोस्ट  

काठमाडौं । छुट्टाछुट्टै ठाउँबाट जुवातास खेलिरहेका अवस्थामा २२ जना पक्राउ परेका छन् । भक्तपुरको सूर्यबिनायक नगरपालिका–१ सिरुटार बिरुवा बसपार्कस्थित पार्किङमा राखेको बा.प्र–०१–००६ ख १५१८ नम्बरको बसमा जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुपाल्चोक मेलम्ची नगरपालिका–३ बस्ने २३ वर्षीय जिवन अर्यालसहित ९ जना रहेका छन् । विशेष सूचनाको आधारमा प्रहरी प्रभाग
सिरुटारबाट खटिएको प्रहरीको प्रहरीको टोलीले उनीहरूलाई नगद ७२ हजार ५ सय ४५ रूपैयाँ र २ बुक ताससहित फेला पारी मंगलबार साँझ पक्राउ गरेको हो ।

यसैगरी लमजुङको दोर्दी गाउँपालिका–४ नौथर सेरास्थित ए वन होटलमा जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही ठाउँ बस्ने २९ वर्षीय कुमार रानासहित ७ जना रहेका छन् । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय लमजुङ र प्रहरी चौकी श्रीभञ्ज्याङबाट खटिएको प्रहरीको टोलीले उनीहरूलाई नगद ७६ हजार ६ सय ३५ रूपैयाँ र ३ बुक ताससहित फेला पारी मंगलबार साँझ पक्राउ गरेको हो ।

साथै तेह्रथुमको आठराई गाउँपालिका–१ फाल्गुनन्द चोकस्थित पाथिभारा भ्यू होटलमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सोही गाउँपालिका–६ चुहानडाँडा बस्ने ३५ वर्षीय लोक नारामान कन्दङ्वासहित ६ जना रहेका छन् । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय आठराईबाट खटिएको प्रहरीको टोलीले उनीहरूलाई नगद २९ हजार २ सय १ रूपैयाँ र ३ बुक ताससहित फेला पारी मंगलबार दिउँसो पक्राउ गरको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।