काठमाडौंबाट राजस्थान जाँदै गरेको बस दुर्घटनाः एक बालकको मृत्यु

दियो पोस्ट  

काठमाडौं । काठमाडौंबाट भारतको राजस्थान जाँदै गरेको बस दुर्घटना भएको छ । धादिङको गल्छी गाउँपालिका ७ मा एआर ०६ ई ७०३१ नम्बरको बस अनियन्त्रित भई दुर्घटना भएको हो । दुर्घटनामा परी एक बालकको मुत्यु भएको छ, भने केही यात्रु घाइते भएका छन् ।घाइतेको उपचारका लागि अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय धादिङका डिएसपी सन्तु जयसवालले जानकारी दिए ।

बस दुर्घटना हुँदा सडक अवरुद्ध भएको थियो । अहिले  बसलाई उठाइसकेकाले बाटो खुलिसकेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त बसमा ३० जना यात्रुहरु थिए ।