मदन भण्डारी कलेजले गर्‍यो निःशुल्क स्वास्थ्य शिविर

दियोपोस्ट संवाददाता

काठमाडौं, असार १२ । मदन भण्डारी मेमोरियल कलेजले २२ औं वार्षिकोत्सबको अवसरमा निःशुल्क स्वास्थ शिविर सञ्चालन गरेको छ । कलेजले आफ्नो २२ औँ वार्षिकोत्सवको अवसरमा लायन्स क्लबअफ काठमाडौं र समाज डेन्टल हस्पिटलको सहकार्यमा आँखा, दन्त तथा मधुमेहको निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको हो ।

मंगलबार आयोजित शिविरमा १३८ जना दाँतका, १७९ जना आँखाका र २१ ज्ना मधुमेहका बिरामीले लाभ लिएको कलेजका समाज कल्याण समितिका संयोजक तथा शिक्षक सुजित मैनालीले जानकारी दिए ।

मैनालीका अनुसार काठमाडौं महानगर १० र २९का स्थानीयले शिविरबाट लाभ लिएका छन् । ‘विनायकनगर, देवीनगर, बुद्धनगर, थापाथली संखमुल, बानेश्वर क्षेत्रका सुकुम्बासी बस्तीका बासिन्दा र वरपरका सरकारी विद्यालयका विद्यार्थी, अन्य कलेजका विद्यार्थीहरुले शिविरबाट लाभ लिएका छन्’, उनले भने ।

कलेजका विद्यार्थी, शिक्षक, परिवारका सदस्यहरूले समेत शिविरबाट लाभ उठाएको मैनालीले बताए । सामुदायिक कलेज भएकाले समुदायप्रतिको उत्तरदायित्व निर्वाह गर्ने क्रममा वार्षिक रुपमा निःशुल्क स्वास्थ शिविर आयोजना गर्दै आएका उनले बताए ।
कलेजले आफ्नो वार्षिकोत्वसको अवसर पारेर मंगलबार रक्तदान कार्यक्रम समेत गरेको थियो । विद्यार्थी र कर्मचारीबाट ३८ पिन्ट रगत संकलन भएको छ । उक्त कलेजले असार १४ गते बिहीबार वार्षिकोत्सव मनाउँदैछ ।

सम्बन्धित खबर

सिफारिस