४ डीएसपी एसपीमा बढुवा सिफारिस (सुचीसहित)

नेपाल प्रहरी

दियोपोस्ट संवाददाता  

काठमाडौं । नेपाल प्रहरीका चार जना प्रहरी नायब उपरीक्षक (डिएसपी)लाई प्रहरी उपरीक्षक (एसपी)मा बढुवा गर्न सिफारिस गरिएको छ।

शुक्रबार प्रहरी प्रधान कार्यालयको बढुवा समितिको सचिवालयले चार जना डिएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस गरेको हो।

एसपी बढुवा सिफारिसमा पर्ने डिएसपीहरूमा अपराध अनुसन्धान विद्यालय मानवस्रो व्यवस्थापन शाखा, महाराजगन्जमा कार्यरत प्रदिपबहादुर क्षेत्री, नेपाल प्रहरी विद्यालय साँगा, काभ्रेपलान्चोकमा कार्यरत नारायण रञ्जितकार, राष्ट्रिय सुरक्षा परिषद्को सचिवालय, सिंहदरबारमा कार्यरत अनन्तराम शर्मा र नेपाल प्रहरी विपद व्यवस्थापन कार्यालय रपरिचालन शाखा सामाखुशी, काठमाडौंमा कार्यरत एक नारायण कोइराला छन्।

सिफारिस