दाङमा स्वर्गद्वारी गुठी पीडित किसान र प्रहरीबीच झडप, ४ जना घाइते

स्थिति तनावग्रस्त

दियोपोस्ट संवाददाता  

दाङ । दाङमा नापी र मालपोत कार्यालयमा तालाबन्दी गर्न गएका स्वर्गद्वारी गुठी पीडित किसान र प्रहरीबीच झडप भएको छ ।

झडपमा चार जना घाइते भएका छन् । घाइतेलाई राप्ती स्वास्थ विज्ञान प्रतिष्ठानमा उपचार गर्न लगिएको छ ।

स्वर्गद्वारी गुठी पीडित किसानहरुले आफूहरुका माग सम्बोधन नभएको भन्दै दाङको घोराहीमा रहेको मालपोत र नापी कार्यालयमा तालाबन्दी गर्न गएका थिए । उनीहरुले कार्यालय घेरेका थिए ।

प्रहरीले कार्यालय खुलाउने क्रममा बल प्रयोग गरेपछि स्थिति तनावग्रस्त बनेको छ ।