
Nepali Congress lawmaker Gagan Kumar Thapa questions Prime Minister KP Sharma Oli during question-answer session in the Parliament, in New Baneshwor, on Friday, January 18, 219. Photo: RSS
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका महामन्त्री एवं प्रतिनिधिसभा सदस्य गगन कुमार थापाले गृहमन्त्री रवि लामिछानेले संसदबाट दिएको अभिव्यक्तिबारे प्रधानमन्त्री पुुष्पकमल दाहाल प्रचण्डसमेत जिम्मेवार हुनुपर्ने बताएका हुन्।
आइतबार प्रतिनिधिसभा बैठकमा समय लिएर बोल्दै सांसद थापाले गृहमन्त्रीले नै संसदभित्रै सूचना बेच्ने मान्छे भएको जानकारी गराएको भन्दै छ भने देशद्रोहको मुद्दा लगाउनुपर्ने बताए।
‘हुँदाहुँदा गृहमन्त्रीजीले यो संसद्मा सूचना बेच्ने मान्छे छ भन्नुभयो। त्यो भाषण गर्दा भाषण तयार गर्दैगर्दा तपाईं त टेलिभिजनको प्रस्तोता मात्रै होइन, माननीय ज्यू। अब त त्यहाँ गएर बोलेका कुराको जिम्मेवारी पनि लिनुपर्छ,’ थापाले भने, ‘गृहमन्त्री जसले जिम्मा पाएको छ उसले सदनमा सूचना बेच्ने मान्छे छ भने त्यो देशद्रोही हो। त्यसलाई सदनबाट निकाल्नेमात्रै होइन, देशद्रोहको मुद्दा लाउनुपर्छ, थुन्नुपर्छ भन्ने सिकाउने मान्छे पनि भएनछ।’
साथै, उनले यो विषयमा आफूहरू नबरालिने बताए। यसको हिसाब किताब खोज्ने बताउँदै सांसद थापाले गृहमन्त्रीसँग जवाफ माग गरेर त्यति ठूलो अर्थ नभएको पनि बताए।