अपराध अनुसन्धानका इन्स्पेक्टरबाटै बालिकामाथि यौन दुर्व्यवहार

दियोपोस्ट संवाददाता  

काठमाडौं । अपराध अनुसन्धान कार्यालयमा कार्यरत इन्स्पेक्टर (प्रहरी निरिक्षक)बाटै बालिकामाथि यौन दुव्र्यहार भएको खुलेको छ । काठमाडौ उपत्यका अपराध अनुसन्धान कार्यालयमा कार्यरत इन्स्पेक्टर विदुर सिवाकोटीले आफ्नै घरमा काम गर्ने बालिकामाथि यौन दुव्र्यवहार गरेको खुलेको हो ।

सिवाकोटीमाथि आफ्नै घरमा काम गर्ने १३ वर्षीया बालिकालाई बाल यौन दुव्र्यवहार गरेको आरोप लागेको थियो । यौन दुव्र्यवहारको आरोप लागेका उनलाई गएराती नागार्जुन नगरपालिका १ स्थित उनकै निवासबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौले जनाएको छ । सिवाकोटीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 काठमाडौ महानगरपालिका, नागार्जुन नगरपालिका, बालबालिका खोजतलास तथा समन्वय केन्द्र, प्रहरी र बाल अधिकारकर्मीबीचको समन्वयमा बालिकाको उद्धार गरिएको छ । उद्धारपछि बालिकाले आफु यौन दुव्र्यवहारमा परेको बयान दिएकी थिइन् । पिडित बालिकाले काठमाडौ महानगरपालिकामा उजुरी दिएकी थिइन् ।

सिफारिस