तनहुँको मत गणना विवाद सर्वोच्चमा

दियोपोस्ट संवाददाता  

काठमाडौं । तनहुँको व्यास नगरपालिकाको मतगणना सम्बन्धि विवाद सर्वोच्च अदालतमा पुगेको छ । उच्च अदालत पोखराको पुनः मतगणना गर्ने आदेशपछि मत गणनासम्बन्धि विवाद सर्वोच्च अदालत पुगेको हो ।

नेकपा एमालेको समर्थनमा मेयर पदमा स्वतन्त्र उम्मेद्धारी दिएका दिपकराज जोशीले रिट दायर गरेका थिए । उनको रिटमाथि उच्च अदालत पोखराले निर्वाचन भएको २ वर्षपछि पुनः मतगणना गर्ने फैसला गरेको थियो ।

मत पुनः गणना गर्ने पोखराको फैसलाविरुद्ध व्यास नगरपालिकाका मेयर वैकुण्ठ न्यौपानेले सर्वोच्च अदालतमा बिहिबार रिट दायर गरेका छन् । उनले दायर गरेको रिटको पेशी आइतबारका लागि तोकिएको छ ।

सिफारिस