सरकार ढाल्ने धम्की दिएर माधव नेपालले आफ्नै छोरीलाई मेडिकल काउन्सिल सदस्य बनाए !

दियोपोस्ट संवाददाता  

काठमाडौं । सत्तारुढ दल एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव नेपाल प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बोलाएको बैठकमा गएको घटना केहीदिन अघि सार्वजनिक भएको थियो । प्रचण्ड सरकारमै बसेर प्रतिपक्षी भूमिकामा देखिएका नेपालकै कारण विभिन्न प्रदेश सरकार ढाल्ने धम्की दिइरहेका छन् । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीको नफूटेको भए वर्तमान सरकार ढल्ने निश्चित रहेको राजीनितिक वृत्तमा चर्चा हुने गर्छ । उपेन्द्र यादव सहित २२ सिट बनेर नेपालले प्रचण्ड सरकारमाथि दबाव दिँदै आएका थिए । एकातिर सरकार छाड्ने धम्की दिने अर्कोतिर आफ्ना नातागोतालाई प्रचण्ड सरकारमै नियुक्ती दिलाउने दोहोरो राजनीति माधव नेपालले गरिरहेका छन् ।

पछिल्लो समय योग्यता नै नपुगेकी आफ्नी छोरी डा. सुमन नेपाललाई उनले धम्कीकै भरमा मेडिकल काउन्सिलको सदस्य नियुक्त गरेका छन् । नर्भिक अस्पतालमा कार्यरत नेपाललाई विहिबार बसेको मन्त्रिपरिषद बैठकले मेडिकल काउन्सिलको सदस्य नियुक्त गरेको हो । प्रा.डा दिव्यासिंह शाह, डा. सुमन नेपाल, डा. मधु न्यौपाने, प्रा.डा. रविन्द्रमान श्रेष्ठ, डा. विरेन्द्र बहादुर प्रधान र डा. कुम्भराज जोशीलाई रिक्त सदस्य पदमा नियुक्त गरिएको हो ।

नेपालले आफ्नी छोरी सुमनलाई काउन्सिल सदस्य बनाउन विभिन्न माध्यमबाट दबाव दिएको स्रोतले जनाएको छ । माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री प्रचण्डको प्रस्तावमा डा. सुमन मेडिकल काउन्सिल सदस्य बनेकी हुन् ।

 

सिफारिस