दाङ । दाङमा बसले अटोलाई ठक्कर दिँदा पाँच जना घाइते भएका छन्।
शनिबार अपराह्न पौने ४ बजे दाङको तुलसीपुर उपमहानगरपालिका–७ स्थित राप्ति राजमार्गमा रा १ ह २२०७ नम्बरको अटोलाई तुलसीपुरबाट सल्यान जाँदै गरेको रा १ ख २०३७ नम्बरको बसले ठक्कर दिएको हो।
बसको ठक्करबाट अटोमा सवार रहेका पाँच जना घाइते भएको र तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए।
अन्दाजी ८ र १२ वर्षका दुई बालक गम्भीर घाइते भएका छन् ।
उनीहरूलाई उपचारका लागि राप्ति प्रादेशिक अस्पताल पठाइएको छ । थप विवरण आउन बाँकी छ ।