मुगुमा यार्सा सङ्कलन घटना: पाँच जनाको मृत्युपछि यसरी हुँदै बिरामीको उपचार (फोटो फिचर)

पाँच जनाको मृत्यु

दियोपोस्ट संवाददाता  

मुगु । यार्सा सङ्कलन गर्न गएका स्थानीयहरुको उपचारका लागि मुगुका विभिन्न पाटन क्षेत्रमा स्वास्थ्य टोली पुगेको छ। अहिलेसम्म यार्सा सङ्कलन गर्न गएका स्थानीयहरु मध्ये पाँच जनाको मृत्यु भइसकेको छ भने सयौंको सङ्ख्यामा बिरामी भएका थिए ।

मुगुका विभिन्न पाटन क्षेत्रमा अहिले स्वास्थ्य टोली पुगेर बिरामीहरूको उपचार भइरहेको छ। करिब एक साता अघिदेखि यार्सा संकलन गर्न गएका थिए । जिल्लाको सदरमुकाम गमगढीदेखि स्वास्थ्यकर्मीको टोली उपचारका लागि गएपछि अहिले बिरामीहरुको उपचार गर्न सम्भव भएको हो।

अहिलेसम्म पाँच जनाको मृत्यु भइसकेको छ भने सयौंको संख्यामा मानिसहरु घाइते र बिरामी भएका थिए। बिरामीहरूमा तीन चार किसिमको समस्या देखिएको मुगुम कार्मारोङ गाउँपालिकाका जनस्वास्थ्य निरीक्षक बली राज बुढाले बताए। उनले भने, ‘केही बिरामीको नाडी र मुटुको धड्कन उच्च रहेको साथसाथै केहीमा चाहिँ ज्वरो आउने अनुहार सुनिने जस्ता समस्याहरु देखा परेका छन्। यसले गर्दा केही बिरामीको पिसाबमा पनि समस्या देखिएको छ । औषधि र अक्सिजन लगायतका स्वस्थ्य सामाग्रीहरु पुर्याउन पनि उति कै समस्या रहेको छ । सदरमुकाम गमगढी देखि छाइल बजारसम्म १ घण्टाको दुरी सम्म मात्र यातायत सुविधा छ । औषधि र अक्सिजन लगायतका स्वस्थ्य सामाग्रीहरु छाइल बजार देखि उपचार स्थानसम्म ल्याउन खच्चरमा बोकेर ल्याउदा दुई दिन लाग्छ ।’