प्रधानमन्त्री प्रचण्ड र मोदीविच भेटवार्ता

दियोपोस्ट संवाददाता  

काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड र भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीविच भेटवार्ता भएको छ । उनीहरुविच आइतबार राती भेटवार्ता भएको हो ।

प्रचण्ड तेस्रो कार्यभार सम्हालेका भारतिय प्रधानमन्त्री मोदीको सपथ ग्रहण समारोहमा सहभागी भएका थिए । भेटमा प्रधानमन्त्री प्रचण्डले लगातार तेस्रो कार्यकालका लागि भारतको प्रधानमन्त्रीको पदभार ग्रहण गरेकोमा मोदीलाई बधाइ दिएका थिए ।

भेटमा नेपाल र भारतविचको द्धिपक्षीय हित र अन्य विविध विषयमा छलफल भएको थियो । प्रधानमन्त्री प्रचण्ड मोदीको सपथ ग्रहणमा सहभागी हुन आइतबार दिउँसो नयाँ दिल्ली गएका थिए भने उनी सोमबार साँझ स्वदेश फर्कने कार्यक्रम छ ।

 

सिफारिस