
रामद गरिएकाे सामान
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । हिमालयन एअरलाइन्स उडानबाट सिक्री एक थान, आइफोन १३ प्रो म्याक्स एक थान, रेडमी मोबाइल तीन थान, डेल ल्यापटप दुई थान र एक थान एयरपोड प्रो चारसहित संकलन गरी लैजान लागेको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिजो पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा पाँचथर फालेजुङ गाउँपालिका– ३ घर भएका ३२ वर्षीय दिलु सुब्बा र सिन्धुली कमलामाई नगरपालिका– ५ घर भई हाल काठमाडौं महानगरपालिका– ३२ बस्ने ३९ वर्षीय भविमान ठोकर रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहरी कार्यालय गौचर सएसपी डम्बर बहादुर बि.क.ले बताए ।
हिमालयन एयरलाइन्सको उडानद्वारा दुबईबाट काठमाडौं आएका सुब्बालाई भन्सार छली गर्न लगाई ठोकरले उक्त सामान संकलन गरी लैजान लागेको अवस्थामा पक्राउ गरिएको थियो ।
पक्राउ परेका दुवैजनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको बि.क.ले जनाए ।
उनीहरुलाई सुन जस्तो देखिने पहेंलो धातु बोकेको भन्दै बिमानस्थल पक्राउ गरिएको हो ।