कुवेतमा नेपाली कामदारसमेत बसेको भवनमा आगलागी, कम्तीमा ३५ आप्रवासी कामदारको मृत्यु

दियोपोस्ट संवाददाता  

काठमाडौं । कुवेतको माङगाफ जिल्लामा अवस्थित एक भवनमा आगलागी हुँदा कम्तीमा ३५ आप्रवासी कामदारको मृत्यु भएको छ । स्थानिय समयअनुसार बुधबार बिहान आगलागी भएको हो ।

आगलागीबाट अन्य १५ कामदार घाइते भएको स्थानिय टेलिभिजन कुनामा खबर छ । ‘उक्त भवनमा थुप्रै कामदारहरु बसोबास गर्दै आएका थिए । हालसम्म केहि कामदारको उद्धार गरिएको छ भने थुप्रैले ज्यान गुमाएका छन्’ एक प्रहरी अधिकारीले उक्त टेलिभिजनसँग भनेका छन् ।

हाल आगालागी नियन्त्रणमा लिइसकेको भएपनि कारण भने खुल्न बाँकी रहेको बताइएको छ । आगलागीबाट कुन मुलुकका कामदारको मृत्यु भएको भन्नेबारे एकिन विवरण पनि आइसकेको छैन ।

उक्त भवनमा नेपाली कामदार पनि बसोबास गर्दै आएको र आगलागीमा नेपाली श्रमिक परे नपरेकोबारे खोजी भइरहेको कुवेतस्थित नेपाली दुतावासले जनाएको छ ।