अज्ञात समुहको गोली प्रहारबाट कलैयाका प्रधानाध्यापक हरिभूषण कुशवाहको मृत्यु

दियोपोस्ट संवाददाता  

३२ जेठ । अज्ञात समुहको गोली प्रहारबाट रामराजा बहुमुखी क्याम्पस, कलैयाका प्रमुख हरिभूषण कुशवाहको मृत्यु भएको छ ।

गोली लागेर गम्भीर घाइते उनको उपचारको क्रममा बयोधा अस्पताल, वीरगञ्जमा मृत्यु भएको हो । प्रहरीले घटनाको संलग्न भएको आशंकामा दुई जनालाई पक्राउ गरेको छ ।

बाराको आदर्श कोतवाल गाउँपालिका–३ बतरा भन्ने स्थानमा अज्ञात समूहले क्याम्पस प्रमुख कुशवाहमाथि शुक्रबार अपराह्न गोली प्रहार गरेको थियो ।