काठमाडौं महानगरविरुद्ध कवाडी व्यवसायीहरु फेरी प्रदर्शनमा (फोटोफिचर)

दियोपोस्ट संवाददाता  

काठमाडौं । उच्च अदालतले कवाड व्यवसायीलाई नहटाउनु भन्ने आदेश दिँदा पनि महानगरले कवाड व्यवसायीको टहरामा डोजर चलाएको भन्दै कवाडी व्यवसायीहरु महानगर विरुद्ध फेरी प्रदर्शनमा उत्रिएका छन् । महानगरले रिङरोडभित्रबाट कवाड हटाउने निर्णय गरेको विरोधमा व्यवसायीहररुले आइतबार फेरी प्रदर्शनमा उत्रिएका हुन् ।

उनीहरुले माइतीघरदेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गरेका हुन् । कबाड व्यवसायी संघर्ष गठन गरेका उनीहरुले डोजर आतंक बन्द गर, छोटे राजाहरुको आतंक बन्द गर, कबाड व्यवसायीको रक्षा गर, कानुनी शासन लागु गर, अदालतको निर्णयको सम्मान गरजस्ता प्लेकार्ड बोकेका थिए ।

काठमाडौं महानगरका नगर प्रहरीले जबरजस्ती आफूहरूलाई विस्ताथापित गराउन खोजेको व्यवसायीहरूको आरोप छ । महानगरले यसअघि माइकिङ गरेर कबाड संकलन केन्द्र हटाउन सूचना गरेको थियो । तर कबाड व्यवासयीले कबाड संकलन केन्द्र हटाउन नमानेपछि महानगरको डोजर चलेको थियो ।

हाल महानगरभित्र ९० वटा कबाडी संकलन केन्द्र सञ्चालनमा छन् भने ३२ वटै वडामा कतैपनि कवाडी व्यवसाय राख्न नदिने महानगरको नीति छ । केही समय अघिदेखी काठमाडौँ महानगरको निर्णय विरुद्ध महानगरभित्रका कवाडी संकलकले विरोध प्रदर्शन गर्दै आएका छन् ।