६ किलो सुन र ४८ लाख नगदसहित कपनबाट चिनियाँ नागरिक पक्राउ

सुनतस्करी

दियोपोस्ट संवाददाता  

काठमाडौं । करिब ६ किलो सुनसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले कपनबाट ६ किलो सुन र ४८ लाख रुपैयाँसहित हिजो राति एक चिनियाँ नागरिकलाई पक्राउ गरेको हो । पक्राउ परेका चिनियाँको विवरण सीआईबीले खुलाएको छैन ।

सुनको तौल परीक्षणको काम बाँकी नै रहेको भन्दै सीआईबीले अहिलेसम्म केही पनि विवरण सार्वजनिक गरेको छैन । पक्राउ परेका चिनियाँ नागरिक यसअघि पनि सुन तस्करीमा संलग्न रहेर प्रहरीको खोजी सूचीमै रहेको व्यक्ति रहेको सीआईबी स्रोतले जनाएको छ ।