महासेनानी दिरेन्द्रकुमार मल्ल किन परे बर्खास्तमा ?

नेपाली सेना

दियोपोस्ट संवाददाता  

काठमाडौं । नेपाली सेनाका महासेनानी  (कर्णेल) दिरेन्द्रकुमार मल्ल बर्खास्तमा परेका छन् । समरी सैनिक जनरल अदालतले मल्ललाई मंगलबार बर्खास्त गरेको हो ।

सैनिक स्रोतका अनुसार उमेरसम्बन्धी विवादमा मल्ललाई दोषी ठहर गर्दै सैनिक अदालतले बर्खास्त गरेको हो । मल्ल अमेरिकाको न्यूयोर्कस्थित संयुक्त राष्ट्र संघस्थित नेपाली नियोगका सैनिक सहचारीको रुपमा कार्यरत थिए ।

अमेरिकामै रहेकाले उमेरसम्बन्धी विवादबारे उजुरी परेपछि छानबिनका लागि भन्दै सैनिक मुख्यालय जंगी अड्डाले मल्ललाई फिर्ता बोलाएको थियो । नेपाल फर्किएपछि सैनिक प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।

छानबिनका लागि कोर्ट अफ इन्क्वायरी गठन गरिएको थियो । कोर्ट अफ इन्क्वाइरीपछि सैनिक अदालत पुगेर उक्त मुद्दा टुंगो लगाइएको हो ।