छायाँनाथ राराको नगरसभामा पत्रकारलाई रोक, सूचनाको हक कुण्ठित गर्न खोजेको आरोप

दियोपोस्ट संवाददाता  

मुगु । मुगुको छायानाथ रारा नगरपालिकाको नगरसभामा पत्रकारहरुलाई रोक लगाइएको छ । नगरपालिकाको १५औं नगरसभामा जिल्लाका पत्रकारहरुलार्ई माथिको आदे भन्दै प्रहरीले रोक लगाएको हो ।

पत्रकारहरु सभाहलमा जाँदै गर्दा पहिलो प्रवेश गेटमा रहेका सुरक्षाकर्मीले प्रवेश पास खोजेका थिए । प्रवेश पास आफूलाइ कसैले नदिएको र नगरपालिकाको निमन्त्रणा पत्र देखाएपछि प्रवेश पाएका पत्रकारहरुलार्इ दोस्रो प्रवेश गेटमा पुनः प्रहरीले माथिबाट अनुमति नभएको भन्दै अवरोध गरेको थियो । त्यहाँ वरपर रहेका
प्रहरीले पत्रकारमाथि गरेको व्यवहारलाई नगरपालिकाका कर्मचारीहरुले मुखदर्शक भएर हेरेका थिए ।

नगरपालिकाका कर्मचारीहरु समेत मुखदर्सक भएर प्रहरीले पत्रकार माथी गरेको व्यवहारलाई चुपचाप हेरिरहेका थिए ।
पत्रकारहरुले निमन्त्रणा पत्र र कार्ड देखाएपछि पनि जान नदिएपछि आत्मसम्मानमा चोट पुगेको भन्दै नेपाल पत्रकार महासङ्गका मुगु शाखा अध्यक्ष नृपेन्द्र बहादुर मल्लले बताएका छन् । महासंघले एक विज्ञप्ति जारी गर्दै सर्वसाधरणको सूचनाको हकलाई नगरपालिकाले कुन्ठित गर्न खोजेको आरोप लगाएको छ ।
“राज्यको चौथो अंगको रूपमा रहेको सञ्चार क्षेत्रमा कार्यरत पत्रकारलाई सभा स्थलमा प्रवेश गर्न अवरोध गर्नुले सर्वसाधारणको सूचनाको हकलाई कुण्ठित गर्न खोजियो ।” उक्त विज्ञप्तिमा उल्लेख छ।

यसअघि नगरपालिकाका मेयर विष्णु कुमार भामले आफ्नै नगरकी उपमेयर ऐश्वर्या मल्लमाथि निर्घात कुटपिट गरेका थिए । पीडित उपमेयर मल्लले आफूमाथि मेयर भामको समूहले हात हतियारसहित आक्रमण गरी गम्भीर घाइते बनाएको थियो । अहिले उक्त घटना सल्टाएपछि मात्रै नगरसभा बस्न सकेको हो ।