मुगु । मुगुमा अपाङ्गता समावेशी सम्बन्धि ३ दिने क्षमता विकास तथा अभिवृद्धि तालिम सम्पन्न भएको छ । जिल्लाको सोरु गाउँपालिकाको ११ वटा वडामा अपाङ्गता सञ्जालका २४ जना पदाधिकारीहरुलाई उक्त तालिम दिइएको हो ।
गत असार ६ गतेदेखि ८ गतेसम्म उक्त कार्यक्रम सञ्चालन गरिएको थियो । सोरु गाउँपालिका, ग्रामिण सामुदायिक संस्था र यु.एम.एन/एम डि टिको संयुक्त साझादारीमा सञ्चालित उक्त तालिमको सहजीकरण यु.एम.एन.का अपाङ्गता कार्यक्रम अधिकृत तुलाराम धमलाले गरेका थिए भने जी.एस.एसका कार्यक्र संयोजक वासु रावको सहयोग रहेको थियो । उनीहरुलाई तालिमसँगै सञ्जाल सञ्चालनमा सहयोग पुग्ने उद्देश्यले बैठक रजिस्टर,फोटेकपी पेपर, रेकर्ड फायल, लगायत स्टेसनरी सामाग्रीहरु समेत दिइएको थियो ।
तालिमको अन्तिम दिन पालिका उपाअध्यक्ष तथा पालिका स्तरीय अपाङ्गता समन्वय समितिका संयोजक केशर बहादुर शाहीको अध्यक्ष्तामा बसेको भेलाले पालिका स्तरीय अपाङ्गता सञ्जाल गठन गरेको छ । उक्त सञ्जालको अध्यक्षमा तारा नेपाली छन् भने उपाध्यक्षमा विफकला जैसी रहेका छन्
यस्तै सचिवमा चक्र बदादुर मल्ल, कोषध्यक्षमा सप्पकला विष्टसहित ११ सदस्यीय सञ्जाल गठन गरिएको हो ।
उक्त अवसरमा सञ्जालका अध्यक्ष नेपालीले आगामी दिनमा वडा तथा पालिका साथै विभिन्न संघ संस्थासँग सहकार्य गर्दै पालिकाभित्र रहेका सम्पूर्ण प्रकारका अपाङ्गता भएका व्यक्तिहरुको हक हित र अधिकारको लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
त्यसै गरि गाउँपालिकाको उपध्यक्ष शाहीको संयोजकत्वमा रहेको स्थानीय अपाङ्गता समवन्य समितिका पदाधिकारीहरुलाई पनि अपाङ्गता समाबेशी कार्यमा सहज होस भन्नको लागि २ दिने तालिम गरिएको थियो। सोरु गाउँपालिकाका आध्यक्ष धर्म बहादुर शाहीको आध्यक्षतामा २०८१ असार ४ गतेका दिन उद्घाटन
भएको उक्त्त तालिम असार ५ गते समापन भएको थियो ।
तालिमका सहभागीहरुको सहभागीतामा पालिकामा अपाङ्गता सहायता कक्षा स्थापना गर्ने, पालिकाको लैङ्गिक समानता तथा अपाङ्गता सामाजिक समावेशीकरण नीति बनाउने, सार्बजनिक स्थलका संरचनाहरू पहुँचयुक्त बनाउने लगायतका बार्षिक कार्य योजना निर्माण गर्ने निर्णय गरेका छन । कार्य योजनामा राखिएका सवाल तथा विषय बिस्तुहरुलाई प्राथमिकता दिदै अपांगता समावेशी विकास सम्बन्धि बार्षिक योजना तथा बजेट निर्माण गरि कार्यन्वयन गर्ने पालिकाका उपाध्यक्ष एंव अपांगता समन्वय समितिका अध्यक्ष केशर बहादुर शाहीले बताएका छन्।


