रुकुम पश्चिममा मकै गोडिरहेकी महिलाको करेन्ट लागेर मृत्यु, तीन जना घाइते

अव्यवस्थित विजुली तार

दियोपोस्ट संवाददाता

रुकुम । रुकुम पश्चिममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ भने तीन महिला घाइते भएका छन्।

जिल्ला प्रहरी प्रमुख डिएसपी नवीन पोख्रेलले जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ८ मा मकै गोड्न गएको बेला करेन्ट लागेर ६७ वर्षीया झुपादेवी रोकाको घटनास्थलमै मृत्यु भएको बताए।

प्रहरीकाअनुसार ६० वर्षीया चुकी वली, ६० वर्षीया सुशीला वली र ३२ वर्षीया जमुना बुढा वली घाइते भएका छन्।

उनीहरू छिमेकीको बारीमा मकै गोड्न गएका थिए। बिजुलीको पोलबाट भुइँमा तार लत्रिएको थियो। उक्त तार मकै गोड्ने क्रममा झुपादेवीले छोएकी थिइन्।

उनलाई करेन्ट लागेपछि अरूले उनलाई बचाउने प्रयास गर्दा करेन्ट लागेको पाइएको छ। घाइतेहरूको जिल्ला अस्पताल सल्यानमा उपचार जारी रहेको प्रहरीले जानकारी दिएको छ।

सिफारिस