काठमाडौं । जोगीको भेषमा चोरी गर्ने २ भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । राजधानीको सेतोपुल नजिकै सिन्धुली कमला माई घर भएकी ३५ वर्षीय उर्मिला श्रेष्ठको कोठामा प्रवेश गरि भिख माग्ने बाहनामा उनीहरुले उर्मिलाको दुवै पट्टीको कानमा लगाएको सुनको रिङ चोरी गरेका थिए । तत्कालै प्रहरीमा उजुरी परेपछि खटिएको प्रहरी टोलीले बौद्धको नयाँबस्तीबाट पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा भारतको हरियाणा कर्नाल स्थायी वतन भई हाल बौद्धको नयाँ बस्ती बस्दै आएका २६ वर्षिय देवु दया र सोही क्षेत्रकी जेलिना रहेका छन् । १० आना सुनको ९५ हजार रुपैयाँ बराबरको रिङ चोरी गरेको प्रहरी प्रवक्ता नवराज अधिकारीले बताए ।