रवि लामिछाने र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता, गृहमन्त्री अमित शाहसँग पनि भेट गर्दै

दियोपोस्ट संवाददाता  

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भारत भ्रमणका क्रममा भारतीय विदेशमन्त्री एस. जयशंकरसँग भेटवार्ता गरेका छन्। पाँचदिने भारत भ्रमणमा रहेका लामिछानेले आज नयाँ दिल्लीमा जयशंकरसँग भेट गरेका हुन्।

भेटपछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै विदेशमन्त्री जयशंकरले नेपाल-भारत विकास साझेदारी, दुई देशबीचको जनस्तरको सम्बन्ध तथा विकास र समृद्धिलाई थप प्रवर्द्धन गर्ने विषयमा छलफल केन्द्रित रहेको जानकारी दिएका छन्।

भ्रमणकै क्रममा सभापति लामिछानेले आज भारतीय गृहमन्त्री अमित शाहसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। साथै, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग समेत भेट हुन सक्ने बताइएको छ।

सिफारिस