शिक्षामन्त्रीको राजीनामा माग गर्दै दिल्लीमा सीजेपीको प्रदर्शन, हजारौँ युवा सडकमा

दियोपोस्ट संवाददाता  

काठमाडौँ । भारतको नयाँ दिल्लीस्थित जन्तर-मन्तरमा कक्रोज जनता पार्टी (सीजेपी)को आह्वानमा आयोजित विरोध प्रदर्शनमा सयौं युवाहरू सहभागी भएका छन्। प्रदर्शनमा सहभागी अधिकांश युवाले कक्रोचको प्रतीकात्मक मास्क लगाएका थिए भने हातमा राष्ट्रिय झन्डा र पाठ्यपुस्तक बोकेका थिए।

शनिबार आयोजित प्रदर्शनको नेतृत्व सीजेपीका संस्थापक ३० वर्षीय अभिजित दिपकेले गरेका थिए। अमेरिकाको बोस्टनमा अध्ययनरत दिपके सोही दिन नयाँ दिल्ली पुगेका थिए। प्रदर्शनकारीहरूलाई सम्बोधन गर्दै उनले भने, ‘साङ्लाहरू डराउँदैनन्।’

सामाजिक सञ्जाल इन्स्टाग्राममा सीजेपीले छोटो समयमै उल्लेखनीय लोकप्रियता हासिल गरेको छ। पार्टीको दाबीअनुसार स्थापना भएको एक महिनाभित्रै यसका फलोअर्सको संख्या २ करोड नाघिसकेको छ, जुन मुख्यधारका धेरै राजनीतिक दलभन्दा बढी हो।

दिपकेले शिक्षामन्त्री धर्मेन्द्र प्रधानले राजीनामा नदिए देशका विभिन्न सहरमा साताभर विरोध प्रदर्शन सञ्चालन गरिने चेतावनी दिए। उनले त्यसपछि अर्को चरणको आन्दोलन पुनः जन्तर-मन्तरमै आयोजना गरिने बताए।

उनले पछिल्लो दशकदेखि देशको राजनीति हिन्दू-मुस्लिम मुद्दामा केन्द्रित भएको टिप्पणी गर्दै यसबाट रोजगारी सिर्जना नभएको दाबी गरे। ‘यसबाट कसले लाभ उठाएको छ भन्ने प्रश्न उठाउनुपर्छ। यसको विरोधमा लड्नका लागि म आफ्नो स्वतन्त्रताको बलिदान दिन पनि तयार छु,’ उनले भने।

दिपकेले सीजेपीको अभियानलाई कमजोर बनाउन सरकारले विगतमा पार्टीको एक्स (पूर्व ट्विटर) खाता हटाउने प्रयास गरेको आरोपसमेत लगाए। ‘देशका युवा र विद्यार्थीहरूले आफूलाई बेचिसकेका छैनन्। हाम्रो अभियान दबाउने प्रयास भएको थियो। तिमीहरूले हाम्रा पोस्टहरू हटाउन सक्छौ, तर हाम्रो आवाज मेटाउन सक्दैनौ,’ उनले भने।

सिफारिस