हर्क साम्पाङद्वारा रवि लामिछानेको सर्वदलीय बैठक बहिष्कार

दियोपोस्ट संवाददाता  

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आह्वान गरेको सर्वदलीय बैठकमा श्रम संस्कृति पार्टीले सहभागीता नजनाउने भएको नभएको छ। पार्टीका अध्यक्ष हर्क साम्पाङले अन्य पूर्वनिर्धारित कार्यक्रमका कारण बैठकमा उपस्थित हुन नसकेको बताएका छन्।

अर्को कार्यक्रम भएकाले समय नमिलेका कारण सर्वदलीय बैठकमा नगएको साम्पाङले बताए । लामिछानेले सोमबार सिंहदरबारमा सर्वदलीय बैठक आयोजना गरेका थिए। बैठकमा प्रमुख राजनीतिक दलका सभापति तथा अध्यक्षहरूलाई निमन्त्रणा गरिएको थियो। तर, श्रम संस्कृति पार्टीको तर्फबाट कुनै पनि प्रतिनिधिको उपस्थिति रहेन।

भारत भ्रमण सम्पन्न गरी स्वदेश फर्किएपछि लामिछानेले समसामयिक राजनीतिक विषयमा शीर्ष नेताहरूसँग संवाद अघि बढाउने क्रममा उक्त बैठक आयोजना गरेका हुन्।

सिफारिस