चेक अनादर मुद्दामा ‘ग्रेटर नेपाल’का अभियन्ता फणिन्द्र नेपाल पक्राउ

दियोपोस्ट संवाददाता  

काठमाडौं । ग्रेटर नेपालका अभियन्ता फणिन्द्र नेपाललाई प्रहरीले चेक अनादरसम्बन्धी मुद्दामा पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई बुढानीलकण्ठ-१० बाट पक्राउ गरेको हो।

प्रहरी स्रोतका अनुसार नेपालविरुद्ध युवराज खत्रीले २०७६ सालको लेनदेनसँग सम्बन्धित विषयमा जाहेरी दिएका थिए। खत्रीले नेपाललाई दिएको ऋण फिर्ता गर्न दिइएको चेक नसाटिएको भन्दै उजुरी दिएका थिए।

यता, फणिन्द्र नेपालले भने आफूले उक्त ऋण पहिले नै तिरिसकेको दाबी गर्दै आफूविरुद्ध झूटो मुद्दा लगाइएको प्रतिक्रिया दिएका छन्। साथै, खत्रीले आफूलाई मिटरब्याजको जालमा पारेर लामो समयदेखि दुःख दिइरहेको उनको आरोप छ।

अपराध अनुसन्धान कार्यालयले भने २०७९ जेठ २५ मा काठमाडौं जिल्ला अदालतले गरेको फैसलाको कार्यान्वयनका क्रममा उनलाई पक्राउ गरिएको जनाएको छ।

सिफारिस