बैजनाथमा जलवायु सचेतना कार्यक्रम अन्तर्गत सिकाइ साझेदारी बैठक सम्पन्न

दियोपोस्ट संवाददाता  

नेपालगन्ज । बाँकेस्थित बैजनाथ गाउँपालिकामा जलवायु परिवर्तनसम्बन्धी विद्यालय स्तरीय सचेतना कार्यक्रमअन्तर्गत सिकाइ साझेदारी बैठक सम्पन्न भएको छ । बैजनाथ गाउँपालिकाको सहयोग तथा बास नेपालको आयोजनामा बैठक सम्पन्न भएको हो ।

उक्त छलफल तथा समीक्षा बैठकमा सहभागी प्रधानाध्यापकहरूले कार्यक्रमले छोटो समयमै उल्लेखनीय उपलब्धि हासिल गरेको बताएका छन् । श्री सुर्योदय मावि, चिसापानीका प्रधानाध्यापक दिपक बहादुर शाहीले जलवायु सचेतना कार्यक्रम प्रभावकारी रहेको उल्लेख गर्दै जलवायु परिवर्तन आजको आवश्यकता भएको बताए। उनले विद्यार्थी मात्र नभई अभिभावक स्तरमा समेत सचेतना विस्तार गर्नुपर्नेमा जोड दिए ।

बैठकमा विद्यालय सरसफाइ, हरियाली प्रवर्द्धन तथा सुरक्षित खानेपानीजस्ता आधारभूत विषयहरूमा स्थानीय तहले अझ सक्रिय भूमिका खेल्नुपर्ने धारणा सहभागी प्रधानाध्यापकहरूले राखेका थिए ।

त्यसैगरी, कार्यक्रममा सहभागी विद्यार्थीहरूले पनि जलवायु परिवर्तनसम्बन्धी आफ्ना अनुभवहरू आदान–प्रदान गरेका थिए । बास नेपालका केन्द्रीय महासचिव कल्पना अधिकारीले सहजीकरण गरेको बैठकमा कार्यक्रमको उद्देश्य, प्राप्त उपलब्धि, सिकाइ, समस्या, चुनौती तथा आगामी योजनाबारे बास नेपालका निर्देशक हेमराज भट्टले प्रस्तुतीकरण गरेका थिए ।

बैठकमा बैजनाथ गाउँपालिका वडा नं. १ को श्री सुर्योदय मावि, वडा नं. ५ का श्री सुन्दर आवि, श्री सिंह भवानी आवि, श्री नेरा मावि गुरुवागाउँ तथा वडा नं. ७ को श्री नेरा मावि पेडारीका प्रधानाध्यापक, सम्पर्क शिक्षक र जलवायु क्लबमा आबद्ध विद्यार्थीहरूको सहभागिता रहेको थियो।

सिफारिस