निश्चित ब्याचबाहेकका करेन्ट चाउचाउ उपभोग गर्न मिल्छः यशोधा फुड्स

दियोपोस्ट संवाददाता  

काठमाडौँ । यशोधा फुड्स प्रा.लि.ले गुणस्तरहीन भेटिएको एक निश्चित ब्याचबाहेक अन्य सबै करेन्ट चाउचाउ उपभोग गर्न योग्य रहेको जनाएको छ। कम्पनीले एक सूचना जारी गर्दै खाद्य तथा गुण नियन्त्रण कार्यालयले उल्लेख गरेको उत्पादन मिति तथा ब्याच नम्बरको उत्पादनबाहेक अन्य उत्पादनहरू सुरक्षित रहेको स्पष्ट पारेको हो।

कम्पनीका अनुसार ‘करेन्ट हट एण्ड स्पाईसी’ १०० ग्राम प्याकेटको उत्पादन मिति २०२६।०२।२३ र ब्याच नम्बर ०४ए भएको चाउचाउमा मात्र समस्या देखिएको छ। उक्त ब्याचबाहेक अन्य मितिमा उत्पादन भएका तथा ब्याच नम्बर ०४ए वा सोभन्दा फरक ब्याच नम्बर भएका सम्पूर्ण उत्पादनहरू उपभोग गर्न मिल्ने कम्पनीले जनाएको छ।

कम्पनीले जारी गरेको सूचनामा खाद्य तथा गुण नियन्त्रण कार्यालयको सूचनाअनुसार उल्लेखित उत्पादन मिति र ब्याच नम्बरको चाउचाउबाहेक अन्य सबै उत्पादनहरू निर्वाध रूपमा उपभोग गर्न सकिने उल्लेख गरिएको छ।

यशोधा फुड्सले उपभोक्ता, बिक्रेता तथा अधिकृत वितरकहरूलाई पनि उक्त निश्चित ब्याचबाहेकका अन्य उत्पादनहरू ढुक्क भएर खरिद–बिक्री तथा उपभोग गर्न आग्रह गरेको छ। कम्पनीले बजारमा उपलब्ध अन्य करेन्ट चाउचाउहरू गुणस्तर मापदण्डअनुसार नै रहेको दाबी गरेको छ।

सिफारिस