परराष्ट्रमन्त्रीको जवाफपछि पनि संसद् अवरुद्ध, विपक्षीको विरोध जारी

दियोपोस्ट संवाददाता  

काठमाडौँ । सीमा विवादसम्बन्धी प्रधानमन्त्री बालेन्द्र शाहको अभिव्यक्तिलाई लिएर लामो समयदेखि जारी संसद् अवरोध अन्त्य भएको घोषणा गरिए पनि प्रतिनिधिसभा बैठक पूनः अवरुद्ध भएको छ। परराष्ट्रमन्त्री शिशिर खनालले प्रधानमन्त्रीको भनाइबारे संसद्मा स्पष्टीकरण दिएलगत्तै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाएका हुन्।

गत जेठ १७ गते प्रतिनिधिसभामा सांसदहरूको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री शाहले नेपाल-भारत सीमा विवादबारे बोल्दै नेपालले पनि केही स्थानमा भारतीय भूमि अतिक्रमण गरेको बताएका थिए।

प्रधानमन्त्रीको उक्त अभिव्यक्तिपछि लामो समयदेखि विपक्षी दलहरुले सांसद अवरोध गर्दै आएका छन् । त्यसको केही समयमै रवि लामिछाने पाँचदिने भारत भ्रमणमा गएका थिए भने त्यसपछि परराष्ट्रमन्त्री खनालले पनि भारतको भ्रमण गरेका थिए।

भारत भ्रमणका क्रममा भएका कूटनीतिक छलफल, नेपालले उठाएका विषयहरू तथा सीमा विवादप्रति सरकारको आधिकारिक धारणाबारे परराष्ट्रमन्त्रीले संसद्मा जानकारी गराउने सहमति भएपछि संसद्को अवरोध हटाइएको थियो। तर मन्त्रीको जवाफपछि पनि विपक्षी दलले पुनः विरोध जनाउँदै बैठक अवरुद्ध गरेका छन्।

सिफारिस