गोदावरी नदीको बाढीमा बगेर दुई महिलाको मृत्यु

दियोपोस्ट संवाददाता

काठमाडौँ । कैलालीको गोदावरी नगरपालिका-४ मा शुक्रबार बिहान गोदावरी नदीको बाढीमा बगेर दुई महिलाको मृत्यु भएको छ। इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार स्थानीय ४० वर्षीया कल्पना साउँद र ५५ वर्षीया महेश्वरी धमला नदी तर्ने क्रममा बाढीले बगाएको हो ।

दुवै जनाको शव गोदावरीस्थित आर्यघाट नजिक फेला परेको प्रहरी उपरीक्षक हिरासिंह महराले जानकारी दिए । प्रहरीका अनुसार च्याउ टिप्न बिहानै घरबाट निस्किएका उनीहरू खोला पार गर्ने क्रममा अचानक आएको बाढीमा परेका थिए। चुरे क्षेत्रमा परेको वर्षाका कारण गोदावरी नदीमा जलस्तर बढ्दै बाढी आएको बताइएको छ।

सम्बन्धित खबर

सिफारिस