काठमाडौँ । सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) सम्बन्धी आरोपमा व्यवसायी दीपक भट्ट, शुलभ अग्रवाल तथा शेखर गोल्छासहित ३४ जना व्यक्ति र पाँच कम्पनीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरिएको छ।
अवैध रूपमा आर्जित सम्पत्तिको स्रोत पुष्टि गर्न नसकेको तथा विभिन्न आर्थिक कारोबारमा अनियमितता गरेको आरोपमा उनीहरुविरुद्ध आज मुद्दा दायर गरिएको हो।
अभियोगपत्रअनुसार दीपक भट्टविरुद्ध २६ अर्ब ६३ करोड २७ लाख ७१ हजार ५९ रुपैयाँ ६८ पैसा बराबरको बिगो दाबी गरिएको छ। त्यस्तै, शुलभ अग्रवालविरुद्ध २५ अर्ब ५९ करोड २० लाख ६ हजार १२४ रुपैयाँ ३१ पैसा बराबरको बिगो माग गरिएको छ।
यस्तै, शेखर गोल्छाविरुद्ध ५२ करोड ५० लाख रुपैयाँ बराबरको बिगो दाबी गरिएको अभियोगपत्रमा उल्लेख छ।
अनुसन्धानका क्रममा प्रतिवादीहरूले आफ्नो सम्पत्तिको वैध स्रोत खुलाउन नसकेको र आर्थिक कारोबारमा अनियमितता गरेको देखिएपछि उनीहरुविरुद्ध सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा दायर गरिएको जनाइएको छ।