बुच्चाकोट बस दुर्घटनाः मृत्यु हुनेको संख्या आठ पुग्यो

दियोपोस्ट संवाददाता  

काठमाडौँ । काभ्रेपलाञ्चोकको बिपी राजमार्ग अन्तर्गत बुच्चाकोट नजिकको सेल्फी डाँडामा यात्रुवाहक बस दुर्घटना हुँदा आठ जनाको ज्यान गएको छ।

शुक्रबार दिउँसो बनेपाबाट रोसी गाउँपालिकाको सुँगुरेतर्फ जाँदै गरेको ब ३ ख ८३९८ नम्बरको बस दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन विष्टका अनुसार दुर्घटनामा हालसम्म आठ जनाको मृत्यु भएको पुष्टि भएको छ। दुर्घटनामा घाइते भएका १५ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।