काठमाडौं । अवैध रूपमा संरक्षित वन्यजन्तु ध्वाँसे चितुवाको छाला ओसारपसार तथा खरिद–बिक्री मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका अभियुक्त टेकबहादुर तामाङ पक्राउ परेका छन्।
प्रहरीका अनुसार रसुवा जिल्लाको उत्तरगया गाउँपालिका-९ स्थायी घर भई हाल काठमाडौं महानगरपालिकाको तारकेश्वर नगरपालिका–८ मा बस्दै आएका ३८ वर्षीय टेकबहादुर तामाङ काठमाडौं जिल्ला अदालतको आदेशअनुसार केन्द्रीय कारागार कार्यालय, जगन्नाथदेवल सुन्धारामा पुर्पक्ष थुनामा रहेका थिए।
मिति २०८२ भदौ २४ गते जेन्जी आन्दोलनका क्रममा उनी कारागारबाट फरार भएका थिए। फरार रहेका तामाङलाई खोजतलासका क्रममा यस कार्यालयबाट खटिएको प्रहरी टोलीले मिति २०८३ असार २ गते काठमाडौंको तारकेश्वर नगरपालिका–८ जरङ्खुबाट पक्राउ गरेको हो।
पक्राउ परेका तामाङलाई आवश्यक कारबाहीका लागि पुनः केन्द्रीय कारागार कार्यालय, जगन्नाथदेवलमा बुझाइएको प्रहरीले जनाएको छ।