सम्पत्ति शुद्धीकरण मुद्दामा दीपक भट्ट र सुलभ अग्रवाल पुर्पक्षका लागि थुनामा

दियोपोस्ट संवाददाता  

काठमाडौं । अर्बौँ रुपैयाँको सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) मुद्दामा प्रतिवादी बनाइएका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवाललाई विशेष अदालतले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको छ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट तथा सदस्यहरू उमेश कोइराला र विदुर कोइरालाको संयुक्त इजलासले बुधबार सुनुवाइपछि दुवैलाई थुनामा राखेर मुद्दाको थप कारबाही अघि बढाउन आदेश दिएको हो।

अख्तियार पक्षले दीपक भट्टविरुद्ध सम्पत्ति शुद्धीकरण कसुरमा २६ अर्ब ६३ करोड २७ लाख ७१ हजार ५९ रुपैयाँ ६८ पैसा बिगो दाबी गरेको छ।

हिमालयन रि-इन्स्योरेन्सलगायत विभिन्न कम्पनीहरूको रकम दुरुपयोग गरी सम्पत्ति शुद्धीकरण गरेको आरोपमा उनीहरूविरुद्ध मुद्दा दर्ता गरिएको थियो। अदालतले धरौटी वा साधारण तारेखमा रिहा गर्न अस्वीकार गर्दै पुर्पक्षका लागि थुनामा पठाउने निर्णय गरेको हो।

अदालतको आदेशपछि भट्ट र अग्रवाललाई डिल्लीबजार कारागार चलान गरिएको छ।

सिफारिस