ब्रेक फेल हुँदा बाजुरामा बस दुर्घटना, २१ जना घाइते

दियोपोस्ट संवाददाता  

काडमाडौँ । बाजुराको बुढीगंगा नगरपालिका-१० स्थित रिठा बजार नजिक आइतबार बिहान यात्रुवाहक बस दुर्घटना भएको छ। महेन्द्रनगरबाट मार्तडीतर्फ जाँदै गरेको पवनदूत यातायातको सुदूरपश्चिम प्रदेश–०२-००१ ख १३५५ नम्बरको बस दुर्घटनामा परेको हो।

जिल्ला प्रहरी कार्यालय बाजुराकी डीएसपी शैलेश्वरी बोहराका अनुसार बसको ब्रेक फेल भएपछि दुर्घटना भएको हो। दुर्घटनामा २१ जना यात्रु घाइते भएका छन्। घाइतेमध्ये १९ जनाको जिल्ला अस्पताल बाजुरामा उपचार भइरहेको छ भने अन्य दुई जना सामान्य उपचारपछि घर फर्किएका छन्। दुर्घटनाको थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ।

सिफारिस