काठमाडौँ । भरतपुरमा आइतबारदेखि सुरु भएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशन छैटौँ दिनमा प्रवेश गरेको छ। तीन दिनभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको महाधिवेशन निर्वाचन प्रक्रिया लम्बिँदा निर्धारित समयभन्दा धेरै पछि धकेलिएको हो।
पहिलो चरणको निर्वाचन परिणाम सार्वजनिक भएपछि निर्वाचन आयोगले दोस्रो चरणअन्तर्गत पदाधिकारी चयनका लागि शुक्रबार बिहान १० बजेदेखि मतदान गर्ने तयारी गरेको रास्वपाका नेताहरूले बताएका छन्। पदाधिकारी चयनमा सहमतिको प्रयास निरन्तर जारी रहेकाले निर्वाचन प्रक्रिया निर्धारित कार्यतालिकाभन्दा ढिलो भएको जनाइएको छ। महाधिवेशन लम्बिँदै गएपछि भने प्रतिनिधिहरूले असन्तुष्टि र आक्रोश व्यक्त गर्न थालेका छन्।
रास्वपाका अनुसार यस चरणमा ६ पदाधिकारी पदका लागि निर्वाचन हुनेछ। जसअन्तर्गत एक खुला उपसभापति, एक महिला उपसभापति, एक खुला महामन्त्री, दुई खुला सहमहामन्त्री र एक महिला सहमहामन्त्री पदका लागि मतदान हुनेछ।
पार्टी विधानअनुसार रास्वपामा १९ जना पदाधिकारी रहने व्यवस्था छ। यसअघि सभापतिमा रवि लामिछाने र उपसभापतिमा डा। स्वर्णिम वाग्ले निर्विरोध निर्वाचित भइसकेका छन्। बाँकी पदमध्ये वरिष्ठ नेतामा प्रधानमन्त्री वालेन्द्र शाह ९बालेन० मनोनीत हुने लगभग निश्चित भएको बताइएको छ।