रास्वपा महाधिवेशनः अन्तिम चरणमा विवाद, निर्वाचन नसकिँदै मतदान स्थल प्रवेशद्वार बन्द

दियोपोस्ट संवाददाता  

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशन चितवनमा जारी छ। आइतबारदेखि सुरु भएको महाधिवेशन अझै सम्पन्न हुन सकेको छैन। यसैबीच, शुक्रबार दिउँसोदेखि सुरु भएको पदाधिकारी निर्वाचनको मतदान अन्तिम चरणमा पुग्दा विवाद उत्पन्न भएको छ।

स्रोतका अनुसार मतदानका लागि तोकिएको समय सकिएपछि मतदानस्थलको प्रवेशद्वार बन्द गरिएको थियो । त्यसपछि बाहिर रहेका केही प्रतिनिधिले आफूहरूलाई पनि मतदान गर्न दिनुपर्ने माग गर्दै दबाब दिएका छन्।

आयोगका अनुसार थपिएको ३० मिनेट समयभित्र मतदानस्थलको हलभित्र रहेका प्रतिनिधिलाई मात्र मतदान गर्न अनुमति दिइने व्यवस्था गरिएको छ। यसैबीच, निर्वाचन आयोगले मतदान प्रक्रियाका लागि भौचर भरिसकेका प्रतिनिधिलाई दुई मिनेटभित्र आवश्यक प्रक्रिया पूरा गरी मतदान सम्पन्न गर्न आग्रह गरेको छ।

सिफारिस