काठमाडौं । सडक पेटीमा स्वरोजगारमूलक व्यवसाय गर्दै आएका दृष्टिविहीन तथा न्यून दृष्टियुक्त नागरिकहरू उचित व्यवस्थापनको माग गर्दै विगत नौ दिनदेखि माइतीघर मण्डलामा धर्ना दिइरहेका छन्।
सरकारले कुनै वैकल्पिक व्यवस्था नगरी सडकबाट हटाएको भन्दै उनीहरूले आफूहरूले गर्दै आएको व्यवसायलाई निरन्तरता दिन पाउनुपर्ने वा सम्मानजनक रूपमा व्यवस्थापन गरिनुपर्ने माग राखेका छन्।
सरकारले बेवास्ता गरे पनि उनीहरू आफ्नै श्रम र सीपका आधारमा विभिन्न पेशा–व्यवसाय गर्दै जीविकोपार्जन गरिरहेका थिए। तर, अहिले सरकारले नै उनीहरूको रोजीरोटीमा अवरोध सिर्जना गरेको उनीहरूको गुनासो छ।