काठमाडौं । नेपालका लागि एजनका आधिकारिक वितरक सुवासना इन्टरनेसनल प्रा.लि.ले मंगलबार काठमाडौंको लाजिम्पाटमा आयोजित विशेष कार्यक्रममा एजनद्वारा उत्पादित खेल सामग्रीको औपचारिक शुभारम्भ गरेको छ।
कार्यक्रममा एजनकी प्रोप्राइटर लि मेङ, कम्पनीकी मार्केटिङ हेड जेनी तथा एजन नेपालको एक्सक्लुसिभ पार्टनर एवं सुवासना इन्टरनेसनलका प्रबन्ध निर्देशक सुशील श्रेष्ठले संयुक्त रूपमा उत्पादन सार्वजनिक गरेका हुन्।
एजनले उत्पादन गर्ने खेल सामग्रीमा बास्केटबल, भलिबल, फुटबल, टेबलटेनिस सामग्री, सटलकक तथा पिकलबल लगायतका सामग्री समावेश छन्।
कार्यक्रममा बोल्दै प्रबन्ध निर्देशक श्रेष्ठले सुवासना इन्टरनेसनलले विगत तीन वर्षदेखि एजनका खेल सामग्री नेपाली बजारमा वितरण गर्दै आए पनि पहिलोपटक औपचारिक रूपमा उत्पादन शुभारम्भ गरिएको जानकारी दिए। उनका अनुसार कम्पनीले पोखरा, विराटनगर, धरान र नारायणगढलगायतका प्रमुख सहरमा पनि आफ्ना उत्पादन उपलब्ध गराइसकेको छ। ग्राहकबाट सकारात्मक प्रतिक्रिया प्राप्त भएकाले कम्पनी थप उत्साहित बनेको उनले बताए।
एजनकी प्रोप्राइटर लि मेङले कम्पनीका उत्पादनप्रति विश्वास व्यक्त गरेकोमा सुवासना इन्टरनेसनललाई धन्यवाद दिँदै गुणस्तर कायम राख्न एजन सदैव प्रतिबद्ध रहने बताइन्।
हाल काठमाडौं उपत्यकामा एजनका खेल सामग्री गो स्पोर्ट्स (लाजिम्पाट), स्पोर्ट्स जोन (टोखा) र फ्रेन्ज स्पोर्ट्स सेन्टर (कीर्तिपुर) मार्फत बिक्री वितरण भइरहेको कम्पनीले जनाएको छ।
