प्रचण्ड भन्छन्, ‘मिडियाले तीललाई पहाड बनायो, ओली जि पाँच बर्ष नै प्रधानमन्त्री बन्नुहुन्छ’

दियोपोस्ट संवाददाता

काठमाडौँ, जेठ १७ । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डले सानो कुरालाई मिडियाले प्रपञ्च रचेर ठुलो बनाएको आरोप लगाएका छन् । पार्टीएकता ताका भएका गोप्य सहमतीलाई नेपाली मिडिले फरक ढंगबाट व्याख्या गरिदिएको भन्दै त्यसको खण्डन गरेका छन् ।

कार्यकर्ता प्रशिक्षण तथा भेटघाट कार्यक्रममा सुनसरी पुगेका अध्यक्ष दाहालले केपी ओली पाँच बर्ष नै प्रधानमन्त्री बन्ने ठोकुवा समेत गरेका छन् । आफु प्रधानमन्त्री बन्नका लागि पुराना सहमतीहरुको विषयमा बोलेको नभई सन्दर्भ आएपछि सहमती भएअनुसारको पुरानै कुरालाई स्मरण गरेको तर त्यसमा आफ्नो कुनैपनि स्वार्थ नरहेको बताएका छन् ।

कार्यकर्ताहरुलाई सम्वोधन गर्दै अध्यक्ष दाहालले गलत प्रचारको पछाडी नलाग्न समेत आग्रह गरेका छन् । पार्टीभित्र कसले कस्तो जिम्मेवारी दिइने भन्ने विषयमा गहन छलफल चलिरहेको हुनाले अतिरञ्जित रुपमा बजारमा आउने समाचार र गलत प्रचारहरुको वास्ता नगर्न कार्यकर्तालाई आग्रह गरे । उनले केन्द्रिय स्तरमा भएको जनवर्गिय संगठनको एकिकरण बिस्तारै सबै तहसम्म सम्पन्न गर्ने र पार्टीलाई एक ढिक्का बनाएर अगाडी लैजाने समेत बताएका छन् ।

सम्बन्धित खबर

सिफारिस