असार १ देखि उपत्यकामा दिउँसो मालवाहक गाडी चलाउन नपाइने

दियोपोस्ट संवाददाता

काठमाडौँ, जेठ १९ । काठमाडौँ उपत्यकामा दिउँसोको समयमा मालवाहक गाडी चलाउन नपाइने भएको छ । यातायात व्यवस्था विभागले आइतबार एक विज्ञप्ति जारि गर्दै उपत्यकाभित्रका काठमाडौँ, ललितपुर र भक्तपुरमा मालवाहक गाडीमा प्रतिवन्ध लगाएको हो ।

आइतबार घोषणा गरिएको नियम आगामी असार १ गते देखि मात्र लागु हुनेसमेत यातायात व्यवस्था विभागले जनाएको छ । नियम कार्यन्वयनमा आइसकेपछि भने विहान ८ बजेदेखि साँझ ६ बजेसम्म उपत्यकाको चक्रपथ वेलुका ७ बजेसम्म ढुवानीका साधनहरु चल्न रोक लगाइने छ ।

यातायात व्यवस्था विभागले उपत्यकाको ट्राफिक व्यवस्थापनलाई सहज र सरल बनाउनका लागि यस्तो व्यवस्था ल्याइएको बताइएको छ । नियम कार्यन्वयन नर्गेलाई ऐन अनुसार कारवाही गरिने समेत विभागले जनाएको छ ।

यस्तो छ विज्ञप्ति

सम्बन्धित खबर

सिफारिस