
काठमाडौँ,जेठ १९ । धोबिघाटमा स्कार्पियोले मोटरसाइकललाई ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ ।
बा १६ च ४७४३ नम्बरको स्कार्पियोले बा ४३ प ९८६३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुबैजनाको मृत्यु भएको प्रहरीले बताएका छन् ।
मृत्यु हुनेमा मोटरसाइकलमा सवार नुवाकोटका २८ वर्षीय चन्द्रमणि मधुहारी र गोदावरी, ललितपुरका ४० वर्षीय गोबिन्द घिमिरे शर्मा रहेको प्रहरीले बताएका छन् ।