नवलपरासीमा हावाहुरीको वितण्डाः १० बर्षीय बालिकाको मृत्यु, सय घरको छाना उड्यो

दियोपोस्ट संवाददाता

काठमाडौं । हावाहुरीले कपिलवस्तुमा सय घरपरिवारको घरको छानो उडाएको छ ।

आइतबार साँझ ६ बजे आएको हावाहुरीले जिल्लाका अधिकांश ठाउँका घरहरुको छानो उडाएको हो ।

हावाहुुरीले स्थानीयको पोल्टीफर्म र टीनको छानो उडाएको छ ।

नवलपरासीको विनयी त्रिवेणीमा एक बालिकाको मृत्यु भएको छ ।

साँझ आएको हावाहुरीका कारण घरको जस्तापाता उडाउँदा जस्तापाताले लागेर विनयी त्रिवेणी गाउँपालिका–७ त्रिवेणी बस्ने लालन यादवको १० वर्षीया छोरी अञ्जलीको मृत्यु भएको इलाका प्रहरी कार्यालय त्रिवेणीका प्रहरी नायब निरीक्षक कृष्ण शाहले जानकारी दिए ।

जस्तापाताले लागेर अञ्जलीको घटनास्थलमा नै मृत्यु भएको उनले जानकारी दिए ।

हावाहुरीका कारण उडाएको जस्तापाताले लागेर अन्य केही व्यक्तिसमेत घाइते भएको उनले बताए । हावाहुरीका कारण विनयी त्रिवेणी वडा नम्बर ६ र ७ मा गरी करीब ८० घरमा क्षति पुर्याएको प्रहरी नायब निरीक्षक शाहले जानकारी दिए । हावाहुरीले घरको छानो उडाइदिएको छ ।

हावाहुरीका कारण नेपाल भारत सीमा त्रिवेणी व्यारेज पुलमा सिसीटिभी अनुगमनका लागि स्थापना गरिएको अस्थायी प्रहरी पोष्टमा समेत क्षति पुगेको छ ।

हावाहुरीले जिल्लाभरको विद्युत सेवा अवरुद्ध भएको छ । सय भन्दा बढी विद्युतको पोलहरु ढलेको छन् ।

विद्युत अवरुद्ध हुँदा सञ्चार सम्पर्क विच्छेद भएको छ ।

सम्बन्धित खबर

सिफारिस