ओली –प्रचण्ड सरकारलाई सामाजिक ‘दलाल’ को संज्ञा

दियोपोस्ट संवाददाता

काठमाडौँ, जेठ २० । विप्लव समुहलाई सरकारले प्रतिवन्ध लगाएपछि सरकार र विप्लव समुहबिच द्वन्द्व शुरु भएको छ । विप्लव समुहलाई लक्षित गरेर आक्रमक बनिरहेको सरकारबिरुद्ध सो समुहले पनि प्रत्याक्रमणको विभिन्न प्रयासहरु गरेका छन् । विप्लव समुहका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ले सोमबार एक विज्ञप्ति जारि गरि प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा अध्यक्ष पुष्पकमल दाहाललाई राजनीतिक दलालको उपनाम दिएका छन् ।

आइतबार राति सोलुखुम्बुको ग्रामिण इलाकाको प्रहरी चौकी विप्लव समुहले कब्जा गर्ने प्रयास गरेको भन्ने समाचार राष्ट्रिय संचारमाध्यमहरुबाट प्रशारण भएपछि विप्लवले सो समाचार गलत भएको समेत पुष्ट्याएको छ । विज्ञप्तीमा प्रधानमन्त्री र नेकपा अध्यक्षलाई सम्वोधन गर्दै ‘ओली–प्रचण्ड सामाजिक दलाल’ सरकारको संज्ञा दिइएको छ ।

सरकारले विप्लव समुह अराजक बन्दै गएको भन्दै सरकारले प्रतिवन्ध लगाएर कार्यकर्तामाथि धरपकड गरेको थियो । देशमा शान्ति र अमनचयनलाइ खलबलाउने प्रयास गरेको र पुन द्वन्द निम्त्याउन खोजिएको भन्दै सरकारले विप्लव कार्यकर्तामाथि कडा निगरनी समेत थालेको थियो । विप्लवका एक कार्यकर्ता तीर्थ घिमिरे प्रहरी इन्काउण्टरमा मारिएपछि विप्लव कार्यकर्ताहरुले आन्दोलन समेत चर्काएको थियो ।

गत जेठ १२ गते विप्लव समुहले राजधानीका विभिन्न स्थानहरुमा श्रृंखलाबद्ध बम विस्फोट गराएको थियो । सो विस्फोटमा विप्लव समुहकै चार जना कार्यकर्ताको मृत्यु भएको थियो । सो घटनालाई लिएर समेत विप्लव र सरकारबिचको द्वन्द्व चरम उत्कर्षमा पुगेको हो ।

सोलुखुम्बु प्रहरी चौकी कब्जा प्रकरणले सोमबार सरकारलाई थप त्रसित बनाएको देखिन्छ । प्रहरीका उच्च अधिकारीहरुले भने सोलुखुम्बुमा चौकी कब्जा प्रयास नभएको बताए्तापनि गृह मन्त्रालयले हेलिकप्टरबाट सुरक्षाकर्मी र हातहतियार पठाइसकेको छ ।

सम्बन्धित खबर

सिफारिस