काठमाडौं, जेठ २१ । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा आज एक खेल हुँदैछ । इंग्ल्याण्डमा जारी १२ औं संस्करणको आजको खेलमान दुई दक्षिण एसियाली राष्ट्र श्रीलंका र अफगानिस्तानबीच प्रतिस्पर्धा हुँदैछ ।
दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ बजेर १५ मिनेटमा सुरु हुनेछ।
टोली पहिलो जितको खोजीमा रहने छन् । पहिलो खेल गुमाएको दुवै टोली दोस्रो खेलमा दुवै टोली अंक जोड्न चाहन्छ ।
पहिलो खेलमा श्रीलंका न्युजिल्याण्डसंग १० विकेटले पराजित भएको थियो । श्रीलंका तालिकाको पुछारमा रहेको छ । अफगानिस्तानविरुद्ध मैदान उत्रदा श्रीलंका सहज जितको खोजीमा हुनेछ ।
यस्तै अफगानिस्तान पहिलो खेलमा अष्ट्रेलियासंग ७ विकेटले पराजित भएको थियो ।