२६ जिल्लामा सिडिओ फेरिए, कसको सरुवा कहाँ ? (सुचिसहित)

दियो पोस्ट  

काठमाडौँ, जेठ २१ । गृहमन्त्रालयले २६ जिल्लामा प्रमुख जिल्ला अधिकारीहरुको हेरफेर गरेको छ । मंगलबार सरुवा तथा पदस्थापनाबाट विभिन्न जिल्लाका सिडिओ तथा सहायक सिडिओहरुको सरुवा र पदस्थापना गरिएको हो ।

सरुवा हुनेको सूचीमा जिल्ला प्रशासन कार्यालय नुवाकोटका उद्धवबहादुर थापालाई गृहमन्त्रालयमा सरुवा गरिएको छ।त्यस्तै जिल्ला प्रशासन कार्यालय सर्लाहीका द्रोण पोखरेललाई नुवाकोटमा सरुवा गरेको छ।

यसैगरि जिल्ला प्रशासन कार्यलय धादिङका प्रमुख जिल्ला अधिकारी महेश आचार्यलाई जिल्ला प्रशासन कार्यलय स्याङजा सरुवा गरिएको छ भने धादिङमा श्याम प्रसाद भण्डारीलाई पठाइएको छ ।

यस्तै, गृहले जिल्ला प्रशासन कार्यालय डोटीका यादव सुवेदीलाई दाङमा पठाएको छ। डोटीमा भने टेकनारायण पौडेल नै प्रमुख जिल्ला अधिकारी रहेका छन् ।

यस्तो छ सुची