काठमाडौँ, जेठ २१ । पछिल्लो समय सामाजिक संजाल र सर्वसाधरणबिच लोकप्रिय बन्दै गएका ज्योतिष अर्जुन क्षेत्री पक्राउ परेका छन् । पछिल्लो समय देशमा ठुला प्रलयहरु आउने भविष्यवाणी गरि सर्वसाधारणमाझ आतंक फैलाएको भन्दै महानगरिय प्रहरी परिसर काठमाडौँले ज्योतिष अर्जुन क्षेत्रीलाइ पक्राउ गरेको हो ।
पछिल्लो समय अर्जुन क्षेत्रीले जेठ १७ देखि २८ गतेसम्म नेपालमा महाभुकम्प आउने भविष्यवाणी गरेका थिए । उनले देशको राजनीतिमा समेत ठुलो उथलपुथल हुने भविष्यवाणी गरेका थिए । सामाजिक संजाल र युट्युबमा क्षेत्रीले विभिन्न घटनाहरु हुने ठोकुवा गरेका छन् । उनले वि.स २०८० भन्दा अगाडी नेपालमा राजाशासन फर्किने समेत ठोकुवा गरेका छन् ।
आफुले गरेको भविष्यवाणी कहिल्यै गलत नहुने बताउँदै ज्योतिष क्षेत्रीले गलत भएको खण्डमा आफु जेल जानसमेत तयार रहेको खुलासा गर्दै आएका छन् । उनी आफुलाई एक विद्वान, शिक्षित र अनुभवी ज्योतिष भएको कारण आफ्नो भविष्यवाणी कुनैपनि हालतमा पुरा हुने ठोकुवा गर्दैै आएका छन् ।
महानगरिय प्रहरी परिसले भने उनको भविष्यवाणीले आम जनतामा आतंक मच्चिएको बताएको छ । भुकम्पको डर अझै नसक्किएको अवस्थामा क्षेत्रिले भविष्यवाणी मार्फत मनगढन्ते र काल्पनिक कुरा गरेर सर्वसाधरणलाई अफवाह फैलाएको भन्दै पक्राउ गरेको हो । उनलाई मंगलबार राजधानीको गौशलाबाट पक्राउ गरेको हो ।