इदका लागि चन्दा नदिएपछि रौतहटका मेयर कुटिए

दियो पोस्ट  

रौतहट, जेठ २२ । इदको लागि चन्दा नदिएपछि रौतहटका मेयर कुटिएका छन् । रौतहट राजपुर नगरपालिकाका मेयर शेख सकिलमाथि गएराति कुटपिट भएको हो ।

मंगलबार बेलुका मस्जिद पुगेका सकिलसंग केही ब्यक्तिले चन्दाको माग गरेका थिए । इद नजिकिँसक्दा पनि मेयरले पैसा नदिएको भन्दै आक्रोशित बनेका शेख कसिमलगायतका समुहले उनिमाथि आक्रमण गरेका थिए । आक्रमणबाट मेयरको आँखा नजिक र टाउकोमा चोट लागेको प्रहरीले जनाएको छ ।

स्थानिय मह्मुदिया मस्जिद पुगेका मेयर सकिलसंग पैसा मागेपछि उनले तत्काल आफुले पैसा नबोकेको बुधबारसम्म पैसा दिने कुरा गर्दागर्दै टर्चलाईटको प्रहार भएको बताएका छन् । आक्रमणबाट घाइते भएका मेयर सकिललाई गएराति नै उपचारको लागि सदरमुकाम गौर पुर्याइएको थियो । त्यहाँबाट उनलाई सुर्खेत रिफर गरिएको छ ।

मेयरमाथि हातपात गर्ने समुह फरार रहेको र उनिहरुको खोजी कार्य अगाडी बढेको जिल्ला प्रहरी कार्यलय रौतहटले जनाएको छ ।

सिफारिस