वडाध्यक्ष ढुङ्गाना भन्छन्,‘जबरजस्ती करणीबाट पीडित किशोरीलाई न्याय दिलाउन पहल गर्छु’

दियो पोस्ट  

दियोपोस्ट संवाददाता


धादिङ, २३ जेठ । धादिङको गजुरी गाउँपालिका ८ किरान्चोकमा भएको जबरजस्ती करणी घटनाका अभियुक्त हरिकृष्ण बस्नेतलाई कानुनी कारबाही गर्न आफू लागि पर्ने वडाध्यक्ष राजकुमार ढुङ्गानाले बताएका छन् ।


दियोपोस्ट डटकममा विहिबार ‘पाहुना बनेर आएका वडाध्यक्षका डोजर चालकले छोरी बलात्कार गरेपछि…’ शिर्षकमा समाचार प्रकाशन भएको थियो । उक्त समाचारको शिर्षकको खण्डन गर्दै ढुङु्गानाले जबरजस्ती करणीका अभियुक्त बस्नेत आफ्नो डोजर चालक नरहेको बताए ।


‘म वडाध्यक्ष हुनुअघि नै निर्माण व्यावसायमा समलग्न थिएँ । मैले वडाध्यक्ष हुनुभन्दा धेरै अघि नै डोजर किनेको हुँ । तर, उक्त घटनाका अभियुक्त भनिएका व्यक्ति मेरो डोजर चालक होइनन्,’ ढुङ्गानासँग भने,‘एउटै गाउँको भएकाले चिनजान हुनु त नौलो कुरा भएन ।’


वडाध्यक्ष ढुङ्गानाले जबरजस्ती करणी घटनामा पीडित बनेकी बालिकाले न्याय पाउनुपर्ने र न्यायका लागि आफू आफ्नो स्थानबाट पहल गर्ने समेत बताए ।


‘उक्ट घटनामा समलग्न भनिएका जबरजस्ती करणीका अभियोगी हरिकृष्ण बस्नेत वडाध्यक्ष राजकुमार ढुङ्गानाको डोजर पनि नरहेको निज चालक पनि नरहेको जानकारी गराउँदछु,’ उनले खण्डनमा भनेका छन्,‘उक्त घटनामा पीडित किशोरीमाथि भएको जबरजस्ती करणी गर्ने अभियुक्त माथि कानुनी कारबाही हुनुपर्छ । पीडित बालिकालाई न्याय दिलाउन वडा कार्यालय लागि पर्ने समेत सबैको लागि जानकारी गराउँछु । समाचार शिर्षकसँग सम्बन्धित वडाध्यक्षको चालक भन्ने शिर्षकको म पूर्ण खण्डन गर्छु ।’


धादिङको गजुरी गाउँपालिका ८ किरान्चोकमा १६ वर्षिय ‘रञ्जता लामिछाने (नाम परिवर्तन)माथि केही दिनअघि डोजर चालक हरिकृष्ण बस्नेतले जबरजस्ती करणी गरेका थिए । उक्त समाचार दियोपोस्ट डटकममा प्रकाशीत भएको थियो ।

सिफारिस