प्रचण्डको नीजि सुरक्षा अधिकृत (पिएसओ) मा डिएसपी नरेश राज सुवेदी

दियोपोस्ट संवाददाता

काठमाडौँ, जेठ २३ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालको नीजि सुरक्षा अधिकृत फेरिएको छ । पुर्वप्रधानमन्त्री समेत रहेका दाहालको सुरक्षामा यसअघि खटिएका डिएसपी सन्तोष राठौर महानगरिय प्रहरी वृत्त लैनचौरमा सरुवा भएपछि उनको स्थानमा प्रहरी नायव उपरिक्षक (डिएसपी) सुवेदीलाई पठाइएको छ ।

नवनियुक्त पिएसओ सुवेदीको नेतृत्वमा नेपाल प्रहरीका २९ सुरक्षाकर्मीहरु प्रचण्डको सुरक्षामा खटिएका छन् । प्रचण्डमा सुरक्षा थ्रेट बढेको भन्दै गृह मन्त्रालयले शसस्त्र प्रहरीका ३० जना सुरक्षाकर्मीलाई समेत खटाएको छ । नेपाल प्रहरी र सशस्त्र प्रहरीसहित कुल ५९ जना सुरक्षाकर्मी प्रचण्डको सुरक्षामा खटिएका छन् ।

सम्बन्धित खबर

सिफारिस